कोभिड चुनौतीको बाबजुद भारत-रूस सम्बन्धको विकासको गतिमा कुनै परिवर्तन छैन: प्रधानमन्त्री मोदी

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका छन् । रूसी राष्ट्रपति सँग सोमबार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देश बीचको "विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी" अझै बलियो हुँदै गइरहेको टिप्पणी गरेका छन् ।
"कोभिड-१९ द्वारा उत्पन्न चुनौतीहरूको बावजुद, भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन । हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ," उनले भने ।
२१औँ भारत-रुस वार्षिक शिखर सम्मेलन यहाँ हैदरावाद हाउसमा हुँदैछ ।
सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो । रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
यसअघि दुई देशबीच पहिलो पटक २ +२ मन्त्रीस्तरीय वार्ता भएको थियो । (एएनआई)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया