बेवारिसे भरुवा बन्दुक कञ्चनपुर प्रहरीद्वारा बरामद

कञ्चनपुर - जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकथान भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीकाे संयुक्त गस्ती टोलीले बेवारिस अवस्थामा रहेको एकथान बन्दुक सोमबार बरामद गरेको हो ।
कञ्चनपुर कृष्णपुर नगरपालिका– २ बाणीस्थित आदर्श सामुदायिक वन गोलाबारी सामुदायिक वनको बीच खोला किनारमा सो बन्दुक फेला पारिएको कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । उक्त बन्दुक के कारणले कसले त्यहाँ छोडेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रतिक्रिया