बैतडीमा पहिरो पीडित परिवारलाई सात लाख राहत
बैतडी - पहिरामा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण गरिएको छ । गत कात्तिक पहिलो साता पहिरोमा परेर मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सूर्नया गाउँपालिकाका एक परिवारलाई गरी रु सात लाख नगद राहत वितरण गरिएको हो ।
पहिरामा परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सूर्नयामा एक जनाको गरी चार जनाको मृत्यु भएको थियो । चारै जनालाई सरकारका तर्फबाट राहतस्वरूप नगद रु सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सरकारले प्रत्येक मृतकका परिवारलाई रु दुई लाखका दरले राहत दिने र सोही परिवारका अरु सदस्यको पनि मृत्यु भएमा थप एक÷एक लाख दिने घोषणा गरेको थियो ।
शिवनाथ–६ बसेडीका एउटै परिवारका भएकाले भानु पार्की र देवानी पार्कीलाई रु तीन लाख तथा र पवित्रा पार्कीको परिवारलाई दुई लाख राहत उपलब्ध गराइएको हो । यस्तै सुर्नया–५ रामकी बरायलकी परुदेवी महराको परिवारलाई दुई लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरु सबैलाई घरमै पुगेर राहत प्रदान गरिएको सूचना अधिकारी भारतीले बताए ।
यसअघि गत महिना शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका बसेडीका मृतक परिवारलाई राहतस्वरुप रु एक लाख ५० हजार प्रदान गरेको थियो । शिवनाथ–६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत स्वरुप जनही ५० हजार प्रदान गरेको हो ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण चारको मृत्यु भएको थियो भने करोडौँको धनमालको क्षति भएको थियो । जिल्लाका सबै स्थानीय तहमा भएको अन्य क्षतिको विवरण सङ्कलनको काम सकिएकाले राहतका लागि सरकारसँग अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । रासस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रतिक्रिया