माओवादी केन्द्र त्रियुगा नगर अध्यक्षमा गीता खड्का निर्वाचित

उदयपुर - नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीको अधिवेशनबाट गीता खड्का कार्की अध्यक्षमा निर्वाचित भएकी छन् । माओवादी त्रियुगा नगरपालिकाको अध्यक्षमा खड्काले ४३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । अध्यक्षका उम्मेदवार नरबहादुर कार्कीले १८ मत पाएका छन् । यस्तै उपाध्यक्षत्रयमा मानबहादुर राई, प्रह्लाद विश्वकर्मा र महिला उपाध्यक्षमा सावित्रा थापा विजयी भएका छन् । उपाध्यक्षमा विजयी राईले ५१ मत, विश्वकर्माले ४७ मत र थापाले ४४ मत पाएका छन् ।
उपाध्यक्षका उम्मेदवारद्वय कमलादेवी राईले २० मत र रामप्रसाद बरालले १८ मत पाएका छन् । यस्तै सहसचिवमा कुलबहादुर कटुवाल ४४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल कट्टेलले १८ मत पाएका छन् ।
कोषाध्यक्षमा मनोजकुमार पौडेल ४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काशीकुमार कार्कीले १८ मत पाएका छन् । नगर कमिटीको सचिवमा कुरुङ राई सर्वसहमति चयन भएका छन् । निर्वाचनमा वडाबाट चुनिएर आएका ६५ जना प्रतिनिधिले मतदान गरेका छन् । पार्टीको तर्फबाट सर्वसहमतीको वातावरणको प्रयास गरिए पनि असफल भएपछि निर्वाचन गरिएको जनाएका छन् । ६५ सदस्यीय नगर कमिटीका लागि चार पदमा चुनाव भएको हो भने अन्यमा सर्वसहमति भएको छ ।
यस्तै माओवादी केन्द्र त्रियुगा नगरपालिकाबाट प्रदेश प्रतिनिधि सर्वसहमतिमा चयन भएका छन् । पार्टीले १० जना प्रदेश प्रतिनिधि सर्वसहमति चयन भएका हुन् । प्रमुख निर्वाचन आयुक्त रमेशचन्द्र रोकाका अनुसार प्रतिनिधि चयनमा मानबहादुर राई, विमल किराँती, सम्झना तामाङ, रुद्र अधिकारी, किरण राई, दुर्गा कार्की, सावित्रा थापा, राजकुमार थापा, केदार दनुवार र प्रल्हाद विश्वकर्मा चयन भएका छन् ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया