शिक्षक नआएपछि विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

सुनसरी - सुनसरीकाे कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिनादेखि विद्यालय खुले पनि विद्यालयमा पढाइ नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यार्थीले सोमबार बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका छन् ।
आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् । उनीहरूले परीक्षा आउन लाग्दा पढाइ नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए ।
कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको बताउँछन् । १० बजे आउनुपर्ने शिक्षक १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाइ नहुनेजस्ता समस्याका कारण आफूहरू सडकमा आउनु परेको उनको भनाइ छ । यस्तै मनिषकुमार यादव पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको दुः ख पोख्छन् ।
‘विद्यालयमा भएका शिक्षकहरूले पढाइ दिए पनि हुन्थ्यो तर उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थाहा हुँदैन,’ उनी भन्छन् । यस्तै कक्षा ७ मा अध्ययनरत पूजनकुमारी यादव शिक्षकहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँछिन् ।
कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाइ नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाइ छ । ‘शिक्षकलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् । एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषयअन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा एक जनामात्रै निम्न माध्यमिक तहका स्थानी शिक्षक छन् ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया