कांग्रेस महाधिवेशन : ओखलढुंगाका दुई नेता केन्द्रीय सदस्यमा लड्ने

ओखलढुंगा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरू दुवै जना संस्थापन पक्षीय नेता हुन् ।
सभापति शेरबहादुर देउवानिकट प्रदीप सुनुवार ओखलढुंगामा दुई कार्यकाल सभापति भई जिल्ला सदरमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नो समूहका नेताहरूलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल व्यक्ति हुन् ।
उनी अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य चुनाव लड्ने भएका छन् । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निश्चित रहेको नेताहरूको भनाइ छ ।
यस्तै पूर्वसांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सञ्चार माध्यममार्फत् सहमहामन्त्री दाबी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन्।
सहमामन्त्रीमा सिनियर नेताहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएपछि उनी केन्द्रीय सदस्य लड्ने तयारीमा छन् । ‘सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले भने ।
१३ औं महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित भएका थिए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया