पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी राजनीतितिरै
काठमाडौँ : नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले राजनीतिमा लाग्ने औपचारिक घोषणा गरेकी छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय समितिको उम्मेद्वारी दिने तयारीमा रहेकी अधिकारीले महासंघ छाडेर औपचारिक राजनीति गर्ने बताएकी हुन् । उनी ओखलढुंगाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेकी छन् ।
उनले पत्रकार महासंघमै रहँदा विधानका कारण राजनीतिमा प्रवेश गर्न नमिल्ने भएपछि केन्द्रीय समितिमा उम्मेद्वारी दर्ता गरेपछि महासंघको उपाध्यक्ष पदबाट राजीनामा दिने बताएकी हुन् । उनले इकागजसँग कुरा गर्दै भनिन्, ‘मैले केन्द्रीय समितिमा उम्मेद्वारी दर्ता गरेपछि महासंघको उपाध्यक्ष पदबाट राजीनामा दिन्छु ।’
नेपाल पत्रकार महासंघको विधान र आचार संहिताको पालना गर्नु प्रमुख दायित्व भएको भन्दै उनले दोहोरो पदमा नरहने पनि बताइन् । साथै उनले सक्रिय पत्रकारिता नगरी महासंघको पदाधिकारीमा मात्रै सीमित रहनुभन्दा औपचारिक राजनीति गर्नु नै उत्तम हुने उल्लेख गरिन् ।
केही समय पहिले नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर दलको अधिवेशन तथा महाधिवेशनमा प्रतिनिधि बनेकालाई कारबाही गर्ने चेतावनी दिएको थियो । साथै उनले सामाजिक सञ्जालमा समेत राजनीतितिर लाग्ने घोषणा गरेकी छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया