‘भारतसँगको सम्बन्धमा विश्वासको आवश्यकता छ’
काठमाडौँ - भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले नेपाल र भारतका विचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताएका छन् । संसदीय विशेष सुनुवाइ समितिमा उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।
आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरु गर्न सकिने प्रस्तावित राजदुत शर्माले बताए । नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडी लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याए ।
‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडी जानसक्छ । विश्वासको वातावरण बढाउँदै जाने, अगाडी लिएर जाने कुराहरु हुन्छ । हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरुलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ । यी कुराहरु सम्बन्ध सुधार गर्नलाई अत्यन्त महत्वपूर्ण हुन्छन् सुरुवातका लागि भन्ने मलाई लाग्छ । भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालिन, दिर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु र आधारका कुराहरु कसरी अगाडी लिएर जानसक्छौँ भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु’, प्रस्तावित राजदुत शर्माले भने ।
उनले भारतमा प्राप्त अवसरहरुलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया