आर्थिक एजेन्डामा राजनीतिक दलहरूले समान धारणा बनाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्र ढकालले आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरूले समान धारणा बनाउनुपर्ने बताएका छन् । बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले कोभिड-१९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रूत गतिमा पुनरूत्थान गर्न सबै राजनीतिक दलहरूले समान धारणा बनाए आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । ‘मुलुकको अर्थतन्त्र अहिले विस्तारै सुधार हुन थालेको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रूत गतिमा पुनरूत्थान गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि सबै राजनीतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ ।’
कोभिड भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले नेपालमा पर्नसक्ने प्रभावबारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरूले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरू सञ्चालन गर्नुको विकल्प नभएको बताए । लुम्बिनी प्रदेश मुलुककै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै भैरहवा, बुटवलजस्ता सहरहरू आर्थिक केन्द्रका रूपमा पनि विकास हुँदै गरेको उल्लेख गरे ।
आइएमइ समूहको लगानीमा सातवटै प्रदेशमा केबलकारसहितको पर्यटकीय गन्तव्यहरू निर्माण भइरहेको र यस्ता परियोजनामा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँगसमेत सहकार्य हुने ढकालको भनाइ छ । ‘हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्य निर्माण गर्न गइरहेका छौं । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनामा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँगसमेत साझेदारी र सहकार्य हुनेछ,’ उनले भने ।
कोभिड-१९ को महामारीको चुनौतीसँगै अवसरको ढोका पनि खुलेको उनले बताए । ‘डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो संकटले हामी सबैलाई बाध्य पारेको छ । इकमर्श, इकारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्मको प्रयोग बढेको छ,’ उनले भने ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया