नेपाल वायुसेवा निगमको जहाजले खतराजन्य पदार्थ पनि ओसारपसार गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजले खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ । ६ दशकदेखि कार्गो मात्र ओसारपसारमा सिमित रहेको अब भने खतराजन्य पदार्थ पनि ओसार्ने भएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स-१८ तथा डक ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गरेपश्चात निगमका ए-३२० र ए-३३० जहाजले सामान ओसारपसार गर्ने अनुमति प्राप्त गरेको निगमले जनाएको छ ।
सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अनुमति प्रदान गरेका हुन् । कार्गो भित्र्याउँदा विदेशी मुद्रा भित्र्याउने विश्वास लिएको निगमले जनाएको छ । निगमको ए-३३० कार्गो बोक्ने क्षमता १५ टन रहेको छ । निगमले खतराजन्य पदार्थ अन्तर्तग औषधि तथा विद्युतीय सामग्री सहजता हुने विश्वास लिएको छ ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया