मेस्सीलाई पेरिसको जाडोमा खेल्न गाह्रो भइरहेको छः स्वारेज
काठमाडौँ- लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । कमसेकम तथ्यांकले यही भन्छ । लिग वानमा उनले नौ खेल खेल्दा जम्मा एक गोल गरेका छन् । च्याम्पियन्स लिगमा भने उनको प्रदर्शन केही हदसम्म सन्तोषजनक देखिएको छ । त्यहाँ उनले चार खेलमा तीन गोल गरेका छन् ।
यसैबीच मेस्सीको लयमाथि उनका पूर्वसहकर्मीले प्रतिक्रिया दिएका छन् । बार्सिलोनामा मेस्सीसँगै खेलेका लुइस स्वारेजले बालोन डोर २०२१ विजेता फरवार्ड पेरिसको वातावरणमा भिज्न नसकिरहेको दाबी गरेका छन् । पेरिसमा अत्याधिक जाडो हुने भएकाले पनि मेस्सीलाई गाह्रो भइरहेको स्वारेजको अनुमान थियो ।
‘हामी दिनँहु बात माछौँ । आ–आफ्ना प्रदर्शनबारे गफिन्छौँ । उनी पेरिसको जाडोबारे कुरा गर्छन् । उनलाई जाडोमा खेल्न मन पर्दैन । तर हामीले हरेक कठिनाईसँग जुध्न त आवश्यक नै छ,’ स्वारेजले भनेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया