सुर्खेतमा कर्णाली प्रदेशको रंगशाला शिलान्यास
द्रुत गतिमा रंगशाला निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन
सुर्खेत - कर्णालीका मुख्यमन्त्री जिवनबहादुर शाहीले सुर्खेतमा रंगशालाको द्रुत गतिमा निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा रंगशालाको शिलन्यास गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
‘प्रदेशको मुख्य गौरव आयोजना समयमै सम्पन्न हुनुपर्छ नत्र यसले अर्थ राख्दैन’ मुख्यमन्त्री शाहीले भने, ‘नेपाली समय हो भन्दैमा ढिलो गर्न पाइँदैन ।’ प्रदेश गौरव आयोजना निर्माणका लागि धेरै आयोजना छनोट भएपनि खेलकुद विकासलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिएको मुख्यमन्त्री शाहीले बताए । ‘गौरवका धेरै आयोजना थिए, तर खेलकुद विकासका लागि प्रदेश राजधानीमा रंगशाला अतिआवश्यक हुन्छ भनेर तत्काली मुख्यमन्त्री र मन्त्रीहरुले पहिलो प्राथमिकतामा राख्नु भएको हो ।’
मुख्यमन्त्री शाहीले भोलीदेखि नै रंगशाला निर्माणस्थलमा निरन्तर काम सुचारु गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । मुख्यमन्त्री कार्यालय वा मन्त्रालयबाट प्रतिनिधी खटिई प्रत्येक दिन रंगशाला निर्माणको अनुगमन हुने मुख्यमन्त्री शाहीले विश्वास व्यक्त गरे । प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने योजना अघि सारेको भन्दै खेलाडीको प्रोत्साहनका लागि कार्यविधि बनाउन कार्यक्रम स्थलबाटै सामाजिक विकास मन्त्रालयका सचिवलाई मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
खेलाडीको छनोट र व्यवस्थापनमा राजनीतिकरण हुँदा प्रतिफल प्राप्त हुन नसकेको मुख्यमन्त्री शाहीले बताए । ‘मुलुक राजनीतिकरण गरेर बिग्रिएको छ, सम्बन्धित विषयमा ज्ञान भएका व्यक्ति छनोट हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा नियुक्त गरिने परिपाटी बनेको छ’ शाहीले भने, ‘जिल्ला अध्यक्ष भएकाहरु कम्तीमा कुनै खेलमा समावेश हुनुपर्छ । सच्चा प्रदेशको खेलाडी चिनेर छनोट गर्नुपर्छ नकी पार्टीका आधारमा होइन ।’

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया