बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सुनिल थापा भन्छन्, ‘महाधिवेशनमा उम्मेदवारी दिने/नदिने सल्लाह गर्दैछु’

काठमाडौँ– नेपाली कांग्रेसँग पार्टी एकता गरेर सहमहामन्त्री बनेका तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने सम्बन्धमा छलफल थालेको बताएका छन् । 

कांग्रेसको १४औं महाधिवेशन मंसीर २४ देखि २६ सम्म हुँदैछ । थापाले पार्टीको पदाधिकारीमा आउन चाहेका तर कुन पदमा उम्मेदवारी दिने या नदिने विषयमा पार्टीमा आफ्नो निकटस्थ समूहसँग छलफल गरेर तय गर्ने इकागजलाई बताए । 

थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोगमा काम गरेका उनी सेवानिवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योग, वाणिज्य र आपूर्ति मन्त्री बनिसकेका छन् ।