‘फूटपाथमा तरकारी बेचेको छैन’

काठमाडौँ - जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फुटपाथको एउटा तरकारी राखेको पसल अगाडि टुसुक्क बसेका शर्मा सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।
उनको यो फोटो बाहिरिँदा धेरैले जनवादी गायकले गायनसँगै जीवनयापनका लागि तरकारी व्यापार सुरु गरेको लख पनि काटेका थिए । तर त्यसरी भाइरल भएको तस्बिरको वास्तविकता भने अनुमान लगाएको जस्तो सही नभएको शर्माले बताए ।
मैतीदेवी चोकछेउमा एक जना बहिनीको फुटपाथ पसल अगाडि उनैलाई एकछिनलाई पसल कुरिदिँदा फोटो खिचेर भाइरल गरिएको उनले बताए ।
‘मैतीदेवी चोकमा एकछिनलाई बहिनीको पसलमा उनलाई सहयोग गर्न बसेको थिएँ । त्यही फोटो भाइरल भएछ,’ शर्माले इकागजसँग भने, ‘त्यसरी भाइरल हुने गरि मैले फुटपाथमा तरकारी बेच्न थालेको छैन ।’
उनले तत्काललाई तरकारी बेच्ने योजना नभएको पनि सुनाए । तर धेरैले जनताका गीत गाएर चर्चित र लोकप्रिय बनेका शर्माले गलत कामभन्दा जीवनयापनलाई सहज बनाउन तरकारी बेच्न थालेको भन्दै प्रशंसा गरिरहेका थिए । तर कतिपयले भने एउटा लोकप्रिय गायकले गीत गाउन छाडेर तरकारी बेच्न थाल्नु दुःखद भएको पनि टिप्पणी गरिरहेका थिए ।
यद्यपि, ती सबै अनुमान र टिप्पणी भाइरल तस्बिरमै सीमित भएका छन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया