प्रदेश सभापतिमा गुरु घिमिरे पराजित भएपछि शेखरले मागे माफी

काठमाडौँ - प्रदेश १ अधिवेशनमा गुरुराज घिमिरे पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माफी मागेका छन् । घिमिरे प्रदेश १ को सभापतिमा २ मतले पराजित भएपछि कोइरालाले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयको 'संशय'का कारण आफूले मतदान नगर्नु उपर्युक्त ठानेको उनले उल्लेख गरेका छन् ।
'कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषय सुरुदेखि नै 'संशय' थियो,' उनले भनेका छन्,' कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।' कोइराला प्रदेश १ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका थिए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया