आरजु राणाले गरिन् भानुमतीको ‘सीता : अ टेल अफ एन्सिएन्ट लभ स्टोरी’ सार्वजनिक

काठमाडौं : भानुमती नरसिम्हनको ‘सीता : अ टेल अफ एन्सिएन्ट लभ’ पुस्तक सार्वजनिक भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगीतिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । विमोचन कार्यक्रम महिला अधिकारकर्मी डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा सहभागीले लेखिकासँग सीताको जीवनीबाट सिक्न सकिने नेतृत्व क्षमतासम्बन्धी विषयमा छलफल गरेका थिए । लंकाको राजा रावणबाट अपहरित भएपछि अशोकवाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरुको सँंगालोले पाठकलाई अन्तिमसम्म नै तानेर राख्छ ।
विभिन्न प्रकाशित पुस्तक तथा उपन्यासहरु, धार्मिक ग्रन्थहरुका कहानीहरु÷किस्साहरु एवम् पुस्तौँदेखि सुन्दै÷सुनाउँदै आएका कहानीहरुलाई समेटेर पुस्तकमा लेखिएको छ । पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्र पनि समावेश गरिएको छ ।
पुस्तकको बारेमा बोल्दै डा. आरजु राणा देउवाले भनिन्, ‘महिला अधिकारकर्मीको हैसियतले मैले जहिले पनि सीताको सहनशील र शान्त व्यक्तित्वमाथि प्रश्न उठाउने गर्दथेँ तर जब म बुझ्ने भएँ मैले महसुस गरेँ कि उनको शान्त र सहनशील स्वभावमा पनि बहादुरी थियो । आफूमाथि आइपरेको हरेक चुनौतीहरुलाई उनले साहस र बुद्धिमताका साथ सामना गरिन् । रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन । कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ ।’
कथाशैलीबारे लेखिकाको भनाइ छ, ‘सीताको जीवनप्रतिको बुझाइ जहिले पनि स्वार्थरहित, करुणामय र सत्यवादी थियो । उनको नजरबाट उनकै कथाहरु प्रस्तुत गर्न पाउनु गौरवको कुरा थियो । ज्ञानले मानिसलाई आफ्नो भित्री आत्मासँग जोड्छ । पानीको थोपा जब समुद्रसँग मिल्छ, यो पनि समुद्र नै हुन्छ । सीताले रामसँग मात्र हैन, आफ्नो माता सुनयना र पिता जनकसँग, आफ्नो बहिनी उर्मिलासँग र प्रकृतिसँग पनि नजिकको सम्बन्ध राखेकी थिइन् । उर्मिला पनि कथा पछाडिको उत्तिकै बलियो पात्र हुन् र उनको बहादुरी र सहनशीलता पनि प्रसंशनीय छ ।’लेखिका मेडिटेसन टिचर, इन्टरनेसनल वुमन्स कन्फरेन्सको डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख हुन् ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_eHT00Zj1cx_gavcjh5ormxtethmoerrlsobmbiujot4azkmm3yga6re0tias6eweyxfrobs.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया