सुत्केरी अस्पताल लान मर्स्याङदी गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने
लमजुङ- लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्कयातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्कयातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।
गाउँपालिकाले गर्भवती र प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नुपरेमा पनि नि:शुल्कयातायातको व्यवस्था गर्ने जनाएको छ ।
नि:शुल्कयातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए ।
कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया