कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी
हेटौंडा - कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् ।
शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो ।
साँझ साढे ५ बजे मतदान सकिएको थियो । कुल २ हजार २६ मत खसेको मतदान अधिकृत रामकुमार अधिकारीले बताए । अब अन्य पदाधिकारीको मतगणना गर्ने तयारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया