एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश
अब पुस ११ र १२ गते चुनाव हुने पक्का
काठमाडौँ - गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले एनआरएनएको निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको हो । यो आदेशले अब तोकिएकै समयमा एनआरएनएको चुनाव हुने सम्भावना बढेको छ ।
साथै अदालतले यसअघि निर्वाचन रोक्ने र एनआरएनएको वर्तमान कार्यसमितिलाई काम गर्न रोक लगाउने परराष्ट्र मन्त्रालयको असोज ११ र मंसिर १७ गतेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको छ ।
परराष्ट्र मन्त्रालयले एनआरएनएको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै कार्यसमितिलाई काम गर्न रोक लगाएपछि संघका अध्यक्ष अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
अदालतको आदेशसँगै अर्को महिना पुस ११ र १२ अर्थात डिसेम्बर २६ र २७ तारिखमा तय गरिएको एनआरएनएको निर्वाचन हुने भएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा डा. बद्री केसी, कुल आचार्य र रविना थापाले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया