सदनबाट नभए सडकबाट राजसंस्था फर्काउँछु : राजेन्द्र लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सदनबाट नभए सडकबाट राजसंस्था फकाउने दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सदनबाट नभए सडकबाट भए पनि राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेन्डा स्थापित गराउने उनले प्रतिबद्धता जनाए । ‘म पमर्टीको नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरूको साथमा छु । त्यसैले सदनबाट नभए सडकबाट भए पनि पार्टीको एजेन्डा स्थापित गराउँछु,’ उनले भने ।
पार्टीमा नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टीको पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको र विजयी पनि भएको लिङ्देनले बताए ।
आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान पार्टीलाई अझै आवश्यक रहेको बताए । उनले कार्यक्रममा निवर्तमान अध्यक्ष थापा पनि उपस्थित भए सुनमा सुगन्ध हुने बताए । साथै उनले आफू नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालमा माओवादी सेनाको यातनाबाट बिरामी भई बाँचेको स्मरण गर्दै कम्युनिस्टहरूबाट नेपालमा शान्ति र विकास नहुने दाबी गरे ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया