अरूकै फर्म प्रयोग गरी राजस्व छलीमा ४४ करोड ७३ लाख मागदाबी

काठमाडौँ - राजस्व अनुसन्धान कार्यालय बुटवलले कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ताविरूद्ध ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रूपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ ।
गुप्ताले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मका नामबाट सामान खरिद गरी विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको र सो को मूल्यांकन नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको कार्यालयले जानकारी दिएको छ ।
स्थायी लेखा नम्बर ३०५१४३०२४ को सो फर्म ३२ वर्षीय प्रमोदकुमार गुप्ताको नाममा छ । सो फर्मविरूद्ध राजस्व अनुसन्धान कार्यालयले भ्याटतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रूपैयाँ, आयकरतर्फ १६ करोड पाँच लाख ४५ हजार २ सय १३ रूपैयाँ र बिगो २२ करोड २६ लाख ९३ हजार ४ सय ७९ रूपैयाँसहित प्रोपाइटर गुप्तालाई तीन वर्षसम्म कैदसजाय मागदाबी गरेको हो ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया