किम्फको १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म
काठमाडौँ - काठमाडौँ माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।
फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ ।
अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म 'ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबाट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया