सर्लाही– ४ मा अधिवेशन गराउन अमरेशले देउवालाई गुहारे

काठमाडौँ– त्रियाशील सदस्यता वितरणको विवादमा सांसद पदबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवालाई बुझाएका नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आफ्नो क्षेत्रको अधिवेशन गराउन पुनः सभापति देउवालाई आग्रह गरेका छन् ।
सर्लाही क्षेत्र नं.– ४ को अधिवेशनमा सोही जिल्लाको अर्को निर्वाचन क्षेत्रका प्रदेशसभा निर्वाचन क्षेत्रका सांसदले आफ्ना अंगरक्षकबाट गोली चलाउन लगाएको, निर्वाचन अधिकृतलाई नै अपहरण गराएर मतदानविना नै वडा अधिवेशन गराएर क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र दिएको र वडा कार्यसमिति चयन गराएको सिंहको आरोप छ ।
नेपाली कांग्रेसभित्र क्रियाशील सदस्य वितरण गर्दा नै फाराम नदिने, वडा समितिबाट पेश भएका फाराममा पनि अन्य नामहरू राखेर पठाउने जस्तो विकृत र निन्दनीय कार्य भएको भन्दै सिंहले त्यसले निष्ठावान् कार्यकर्ताको कांग्रेसमाथिको आस्थामा चोट पुगेको उल्लेख गरेका छन् ।
सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभइ यस्तो गलत रवैयाको विरोध गर्ने सप्तरी क्षेत्र नं. ४ मा तेजुलाल चौधरीको निर्वाचन क्षेत्र र रौतहत क्षेत्र नं. ४ मा देवप्रसाद तिमिल्सिनाको निर्वाचन क्षेत्रमा पनि सभापति देउवाले निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन जालझेल र पार्टीको विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया विपरित स्वेच्छाचारी शैली अपनाएको भन्दै सिंहले आपत्ति जनाएका छन् ।
उनले आफ्नो क्षेत्रमा निष्पक्ष र धाँधलीरहित ढङ्गले प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गराउन पनि सभापति देउवासँग माग गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया