प्रदेश र जिल्लाको पार्टी कार्यालयमा दाहाल–नेपाल समूहको कब्जा

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ र धनुषा जिल्ला पार्टी कार्यालयमा पुष्पकमल दाहाल–माधव नेपाल समूहले कब्जा गरेको छ । प्रतिनिधि सभा विघटनपछि प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष ओली समूहमा गएपनि पार्टी कार्यालयमा भने दाहाल—नेपाल समूहले कब्जा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन प्रकारणको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुसार दाहाल–नेपाल समूह देशभरसहित धनुषा जिल्लामासमेत अगुवा कार्यकर्ता भेला कार्यक्रम आयोजना गर्दैछ ।
सो अगुवा कार्यकर्ता भेलामा सहभागी केन्द्रीय सदस्य श्रवण बरबरिया यादवले प्रम ओलीको गैर संवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार जनादेशलाई लत्याएर प्रम ओलीले प्रतिनिधि सभा विघटनका लागि चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई जनता माझ पुर्याउन हामीले अगूवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।
प्रदेश अध्यक्ष प्रभु साह र धनुषा अध्यक्ष राजकिशोर यादव नै ओली समूहमा गइसकेपछि पार्टी कार्यालयमाथि तपाईको दाबी कसरी हुन्छ ? भन्ने जिज्ञासामा उनले भने— 'पार्टी विधि र विधान सहित नेता कार्यकर्ताले चल्ने हो, पार्टी कार्यालय अध्यक्षको अध्यक्ष होइन सम्पूर्ण नेता कार्यकर्ताको सम्पति हो भएकोले बहुमत हामीसँग रहेको छ । नेता बरबरियाले पार्टीको ७० केन्द्रीय सदस्य मध्ये ४२ जना र धनुषा जिल्लामा मात्रै १५ जना मध्ये ११ जना केन्द्रीय सदस्य आफूहरुसँगै रहेको दाबी गरे। केही साथी पदको लोभमा लागेर ओली समूहमा गएका हुन् । तर, पछि हामीसँग आउनेछन् ।'

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया