सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ - सूर्य नेपाल गल्फ टूर २०२१, २२ प्रतियोगिता सोमबार (भोलि) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ ।
प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसोसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीलेसमेत पुरस्कार पाउने छन् ।
आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ । जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् । आयोजकले यस वर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया