शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

लुम्बिनी कांग्रेस सभापतिमा पुनको अग्रता, शाह भन्दा ८८ मतले अगाडि

बुटवल - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी छ । 

चार सय १५ मत गन्दा संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन् । उनले दुई सय ५० मत पाएका छन् । 

संस्थापन पक्षका भरतकुमार शाहले एक सय ६२ मत पाएका छन् । उनी पुनभन्दा ८८ मतले पछि छन् ।