स्रोत नखुलेको रकमसहित दरबारमार्गबाट व्यवसायी पक्राउ
काठमाडौँ - नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटेको प्रहरी टोलीले उक्त रकमसहित हिरोसी खनाललाई शनिबार राति पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा उक्त रकमसहित खनाललाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । खनालका साथबाट प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बन्डल, ५ सय दरको १ सय वटा भएको ४१ बन्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जानकारी दिएको छ । -रासस

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया