सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

काठमाडौँ - भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको शनिबार मृत्यु भएको पुष्टि भएको प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् ।
तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरूको सामना गर्नु परेको बताइएको छ । त्यसपछि मृतकहरुका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षाबलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सात जनाको मृत्यु भएको तामगाडगेले बताएका छन् ।
भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले काम गरिरहेको बताएको छ । विज्ञप्तिका अनुसार घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएकाकाे पनि मृत्यु भएकाे छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च स्तरीय छानविन भइरहेको छ र कानुन बमोजिम आवश्यक कारबाही गरिने छ ।'
नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपिल गर्दै छानविनको घोषणा गरेका छन् । 'सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ', उनले ट्वीटरमार्फत सबै वर्गबाट शान्तिको लागि अपिल गरेका छन् ।
एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया