लिङ्देनसँग हारेका थापाले सम्झिए गीत - मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व चयनमा राजेन्द्र लिङ्ग्देनसँग पराजित भएका उक्त पार्टीका नेता कमल थापाले नयाँ नेतृत्वलाई स्वीकार गरेर सोही पार्टीमा नरहने संकेत गरेका छन् । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशनमा थापा आफैं पनि अध्यक्षको प्रतिस्पर्धामा थिए तर उनले झापामा लिङ्ग्देनसँग पराजय व्यहोर्नुपर्यो ।
थापा पराजित भएपछि केन्द्रीय सदस्यमा विजयी भएका उनका भतिजा अभिषेक थापाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिने बताइसकेका छन् । थापाले भने आफूले हार्नुको दोष निर्मल निवासलाई लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले अनावश्यक सक्रियता देखाएर पार्टी महाधिवेशनमा आफ्नो मत प्रभावित पारेको थापाको आरोप छ । थापा पराजित भएपनि उनको प्यानलका अधिकांशले निर्वाचन जितेका छन् ।
थापाले भर्खरै आफ्नो फेसबुक पेजमा गीतकार राजेन्द्र थापाका शब्दमा गायिका अरुणा लामाले गाएको गीत स्ट्याटसमा पोष्ट गर्दै भनेका छन्, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,
पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो’
उनले राप्रपामा लिङ्ग्देनको नेतृत्वमा आफू सोही पार्टीमा नबस्ने संकेत गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया