डोरमणीले तानतुन ३८ सीट पुर्याए
कांग्रेसले अनुकुलता अनुसार प्रदेशमा ओली र प्रचण्ड–नेपाल दुवै समूहलाई सघाउने

काठमाडौंः प्रदेश सभामा विश्वासको मत लिनुपर्ने भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले तानतुन ३८ सीट पुर्याएका छन् । ११० सीट रहेको बाग्मती प्रदेश सभामा उनलाई बहुमत पुर्याउन ५६ सीट चाहिन्छ । नेपाली कांग्रेसले पौडेललाई समर्थन नगरेको खण्डमा उनको सरकार विघटन हुनेछ । अबको तीनसाता भित्र प्रदेश सभा बैठक बोलाउने तयारी छ ।
प्रदेशसभा बोलाइएपछि पहिलो एजेण्डा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । जसमा सरकारका मुख्यमन्त्रीले प्रदेशसभा सदस्यहरूबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
नेपाली कांग्रेसले कसलाई सहयोग गर्ने भन्ने सम्बन्धमा संसदीय दलले निर्णय गरिनसकेको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले बताए । यद्यपि, अबको प्रदेश सभा सरकार अल्पमतको हुने भएकाले आधा–आधा कार्यकालका लागि सहकार्य हुनसक्ने उनले संकेत गरे । ‘पार्टीको बैठक बसेर कसरी सहयोग र सहकार्य गर्ने भन्ने हामी तय गर्छौं,’ उनले भने ।
उनले आफ्नो समूहका अतिरिक्त नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि सहयोग जुटाउनेतर्फ अघि बढेका छन् । ३ सीट रहेको विवेकशीलले भने सरकारमा नजाने घोषणा गरिसकेको छ । ‘जनताले हामीलाई प्रतिपक्षमा रहन म्याण्डेट दिएका हुन्,’ विवेकशीलका तर्फबाट संसदीय दलका नेता रमेश पौडेलले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अहिलेसम्म कुनै पक्षले राप्रपासमक्ष पहल अघि नबढाएको बताए पनि केन्द्रका नेताहरू प्रधानमन्त्री ओलीको निर्वाचन गराउने कदमलाई समर्थन गरिरहेका छन् ।
मुख्यमन्त्री बन्ने तयारीमा रहेकी प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसँग नेकपाभित्रकै ४५ सांसद रहेको बताइन्छ । कुल ८० सीट रहेको नेकपाका बाँकी सांसदका अतिरिक्त डोरणी पौडेलले नेमकिपा र राप्रपाको समर्थन समेत जुटाइसकेका छन् । यद्यपि २२ सीट रहेको नेपाली कांग्रेसले समर्थन नगरी उनको सरकार जोगिने छैन ।
प्रतिनिधिसभा विघटनपछि ओलीको असंवैधानिक कदमको विरोध गर्नुको सट्टा निर्वाचनको तयारीमा लागेको भनेर कांग्रेस नेतृत्वको आलोचना भैरहेको छ । जसका कारण कांग्रेसले दुवै समूहलाई सहयोग गर्न लागेको छ । प्रदेश १ मा ओली समूह र बाग्मती प्रदेशमा प्रचण्ड–नेपाल समूहलाई सघाउने कांग्रेसको तयारी रहेको बुझिएको छ ।

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन बिधेयकमाथि छलफल

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

प्रतिक्रिया