जन्मदिनमा पुरनको ‘तीन जुङ्गे’ घोषणा

काठमाडौं : हास्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ बनाउने घोषणा गरेका हुन् ।
यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरि’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेस्रो साताबाट सुरु हुने जानकारी दिएका छन् । बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन ।
ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशक थापा स्वयम्, लय संग्रौला,दमन रुपाखेती,निक शर्मा,सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललितसिंह साउद, विकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने छन् ।
प्रमुख नायक–नायिका साथै केही प्राविधिकको छ्टिटै टुंगो लगाइने फिल्म विमल ढकालले खिच्ने छन् । विनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्मलाई ललितसिंह साउदले सम्पादन गर्ने निर्देशक थापाले जनाएका छन् । सामाजिक विषयमा हास्यरस मिलाएर निर्माण गर्न लागीएको ‘तीन जुङ्गे’ काठमाडौ, मुस्ताङ, पोखरालगायतका स्थानमा खिचिने छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया