सौराह आसपासका साना व्यवसायी निराश
'प्रतिनिधिहरू ठूला होटलमा केन्द्रित हुँदा स्थानीय खानाको स्वाद लिन पाएनन्'

सौराह - चितवनको सौराह आसपासका खुद्रा तथा साना व्यवसायीहरूले नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनताका आशाअनुरूपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरू सौराह र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरू बताए ।
महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू अधिकांशले सौरहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकोले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरूको बुझाइ छ ।
काेभिड संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराह आसपासलाई भने सकारात्मक प्रभाव पार्न सकेन । देशभरबाट प्रतिनिधिहरू आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्योअनुसार व्यपार नभएको साना व्यवसायीहरूको गुनासो छ ।
आयोजक पक्षले सौराह र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरूका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरूको व्यापार फस्टाउने उनीहरूको भनाइ छ । साना व्यवसायीहरू समेट्न मानिस र सवारीसाधनको भिडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधनको पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरूले पनि व्यवसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरूले बताए ।
कार्यक्रम ठूला होटल र रेष्टुरेन्टमा केन्द्रित हुँदा देशभरका मानिसहरूले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरूले बताए । महाधिवेशनमा गएका पाहुनालाई लक्षित गरेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसारको व्यापार नभएको यवसायी बताउँछन् । महाधिवेशनस्थलमा आयोजकहरूले साना व्यवसायीहरूका लागि छुट्टै स्टलको व्यवस्था गरेको भए साना व्यवसायीहरू पनि लाभान्वित हुनसक्ने उनीहरूको दाबी छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १४ गतेसम्म चलेको थियो ।
र, याे पनि
रक्सी पसलमा कमरेडको लाइन

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया