सेयर बजारमा ७२ अंकको गिरावट

काठमाडौँ - गत मंसिर १ गते २८०० अंकभन्दा माथि उक्लिएको सेयर बजार निरन्तर गिरावटमा गएर आज २५१३ अंकमा झरेको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७२.३० अंक अर्थात २.८० प्रतिशतले घटेको छ । गत साता पनि निरन्तर गिरावाट देखिएको नेप्सेमा बुधबारमात्रै सामान्य अंकले बढेको थियो । आज साताको पहिलो कारोबारको दिन पनि सेयर उल्लेख्य गिरावट आएको हो । बजार बन्द हुँदा २५१३.८८ अंकमा आएको छ।
नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १४.१५ अंक अर्थात् २.९० प्रतिशतले घटेको छ । आजको कारोबारमा २ सय २६ कम्पनीका सेयर ६० हजार ८८ पटक कारोबार भएको छ ।
आज ४ अर्ब ९० करोड ७६ लाख ५ हजार ३ सय २५ रूपैयाँ बराबरको कारोबार हुँदा ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर कारोबार भएको छ।
आइतबारको कारोबारमा ९ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आज न्यादी हाइड्रो पावरको सेयर मुल्यमा सर्किट ब्रेकर लागेको छ ।
आजको कारोबारमा न्यादी हाइड्रो पावर, नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्धुत, युनिलिभर नेपाल, नारायाणी विकास बैंक सर्वाधिक कमाउनेमा परेका छन् भने आइसीएफसी फाइनान्स, सबैको लघुवित्त, कर्णाली विकास बैंकका सेयर आज सर्वाधिक गुमाउनेमा परेका छन् ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया