रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत

काठमाडौँ - रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ । बिमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।
१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिसेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो । उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया