काठेखोलामा कृषि तथा पशु उद्यमशील परियोजना सुरु
बागलुङ - बागलुङको काठेखोला गाउँपालिकाले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरिएकाे छ । गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा उक्त परियोजना सुरु गरेको हो । गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर तीन करोड ७३ लाख ३३ हजार रूपैयाँ लागतमा उक्त परियोजना सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए ।
‘कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा संगठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौं ।’
कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब (विवाइसी) ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिए ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया