विमानमै यात्रुको मृत्यु पछि उडेको तीन घन्टापछि फर्कियो विमान
काठमाडौँ- भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनः नयाँ दिल्ली फर्किएको छ ।
जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । 'मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ,' एयर इन्डियाका एक अधिकारीले भने ।
विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र बिरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै बिरामीलाई मृत घोषित गरेको थियो । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ ।
शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।
न्युज कारखाना

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया