आइसियुबाट कोरोना संक्रमित बेपत्ता

बुटवल : रुपन्देहीमा केहि समयअघि अस्पतालको शौचालयमा संक्रमित मृत फेला परेको घटना सेलाउन नपाउँदै बुटवलको कोरोना अस्पतालको आइसियुबाटै एक संक्रमित फरार भएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट आइतबार विहान विरामी बेपत्ता भएका हुन् ।
निमोनियाका रोगी बुटवलका ५५ वर्षीय पुरुष लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि गएकोमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनलाई अस्ति मात्रै प्लाज्मा चढाइएको थियो ।
अस्पतालबाट भागेका उनी घरमा पनि पुगेका छैनन् । अस्पतालको लापरबाहीका कारण उनी हराएको परिवारको आरोप छ । आईसीयुमा भर्ना भएका संक्रमित पिसाब फेर्न बाहिर आउनै नसक्ने संक्रमितकी श्रीमतीले बताइन् । ‘बेडमा चढाईएको सलायन नफेरेर सबै रगत फर्क्यो, मलाई मार्ने भए, मलाई लिन आउ भनेर फोन आएको थियो । हामीले भोली डाक्टरसँग सल्लाह गरेर आउँछौं भन्यौं’ संक्रमितकी श्रीमतीले भनिन् ।
बिहान पिसाब फेर्न गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । ‘उहाँले हिजो साँझदेखि नै घर जाने इच्छा व्यक्त गर्नुभएको थियो । उपचार नसकिएको हुनाले हामीले डिस्चार्ज दिएनौं,’थापाले भने । ‘अस्पतालले घर जान नदिएपछि भाग्नुभएको हुन सक्छ ।’ अस्पतालको पछाडिबाट जंगलतिर भागेका उनलाई त्यहाँका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरे पनि राजमार्ग पार गरेर जंगल पसेपछि नियन्त्रणमा लिन नसकिएको उनले बताए । अस्पतालबाट बेपत्ता भएका उनलाई खोजी सुरक्षाकर्मीहरुको सहयोगमा खोजी कार्य भइरहेको अस्पतालले बताएको छ ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया