रुसमा ३२ हजार ९७४ कोभिड सङ्क्रमित थपिए

मस्को- रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ ।
बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने वृद्धि दर ०.३४% रहेको छ । सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो। त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ । त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ ।
प्रतिक्रिया केन्द्रले कोभिड-१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ । (एएनआई/स्पुतनिक)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया