शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेस प्रदेश अधिवेशन : कर्णालीको सभापतिमा ललितजंग शाही

काठमाडौं - नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा  ललितजंग शाही विजयी भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानबाट शाही ४२२ मत ल्याएर सभापितमा विजयी भएका हुन् ।  विजयी शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका हुन् । सभापतिका अर्का उम्मेदवार मोतिराम बमले भने सात मत मात्रै ल्याए ।