शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा सभापतिका लागि पुन: मतदान हुने

काठमाडौँ - नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि पुन: मतदान हुने भएको छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवार कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुन: मतदान हुने भएको हो ।

राति सम्पन्‍न मतगणनाणामा सभापतिका उम्मेदवार इन्द्र बानियाँले ९९२, जगदीश्वर नरसिंह के सी ८७२ र भिमसेनदाश प्रधानले १९७ मत प्राप्‍त गरेका छन् ।