शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

राप्रपा महाधिवेशनमा कति मत खस्‍यो ?

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएकाे छ । नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । बुधवारदेखि सुरु भएको महाधिवेशनमा शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरु भएको थियो ।

निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् । प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।  अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको छ ।