नेपाल चेम्बर व्यावसायिक छात्रवृत्ति

काठमाडौंः नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसबीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्तिलाई निरन्तरता दिने समझदारी भएको छ । समझदारी अनुसार एक करोड १७ लाख ९५ हजार रुपैयाँ राशीको उद्यमशील छात्रवृत्ति अन्तरगत ४९ जना बिद्यार्थीहरुलाइ पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ । सो मध्ये ७ जना महिलालाइ पूर्ण रुपमा छुट प्राप्त हुने बताइएको छ । छात्रवृत्ति अन्तर्गत ब्याचलर इन विजनेश म्यानेजमेण्ट (इ-बिजनेज )मा अध्ययनको अवसर प्रदान गरिने भएको हो ।
दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाइ धन्यबाद दिदै प्राप्त छात्रवृत्ति जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने उनको भनाई थियो ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

प्रतिक्रिया