मातृभाषा पत्रकारितालाई सशक्त बनाउन नेवाः पत्रकार दबूको माग

काठमाडौँ – नेवाः पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषामा पत्रकारिता विकास गर्न माग गरेको छ । शनिबार ललितपुरको सप्तपुर महाविहार चिकंबहीमा राष्ट्रिय दबूको नवौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको १० बुँदे घोषणापत्रमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्णसमावेशी हुनुपर्ने र मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
सप्तपुर महाविहार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) को जन्मथलो हो । घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व गरिनुुपर्ने एवम् जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया