रामबहादुर वली हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

दाङ - दाङमा दुई वर्षअघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कैदको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की)सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई दोषी ठहर गदै उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी वलीको हत्या गरेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोप लागेको र त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको दाङ प्रहरी जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तरगत वलीको हत्या सम्मको घटना भएको प्रहरीको भनाइ छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया