हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

भक्तपुर - भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो । पालिकाले बिहीबार खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मौलिक शैली एवं परम्परागत शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएको बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने र स्थानीयको अपनत्व रहने बताए ।
खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणमा ४९ लाख ९५ हजार नौ सय ७४ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताए । -न्युज कारखाना

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

प्रतिक्रिया