शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेस प्रदेश १ को मतदान सुरु

विराटनगर- कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहानै सुरु हुनुपर्ने मतदान प्रक्रिया मतपत्रमा प्रदेश सदस्यका उम्मेदवारको नाम नभएपछि पछि सरेको थियो । 

नयाँ मतपत्र छापेर ल्याएपछि केहीबेरबाट प्रदेश १ को मतदान सुरु भएको हो । मतदाताहरु मतदानका लागि लाइन बसिसकेको अवस्थामा मतपत्र खोल्दा नाम छुटेको पाइएपछि मतदान स्थगित भएको थियो । 

प्रदेश समितिको निर्वाचनका लागि संस्थापनबाट झापाका पुर्व पार्टी सभापति उद्वव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् ।