शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चितवनमा महाधिवेशन गरेर एमालले यहाँको विकास देख्‍यो : दाहाल

फाइल तस्‍बिर

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा महाधिवेशन गरेर एमालले यहाँको विकास देखेको बताएका छन् । शनिबार चितवनमा सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास गर्दै दाहालले चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएकोसमेत बताए।

उनले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउए । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धी हासिल गर्ने उनको भनाइ थियो ।   विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए ।