मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता

काठमाडौँ - मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जापान प्रवेशमा अनुमति पाएका थिएनन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा जापानको अनुमति प्राप्त गरी दुई जना जापानतर्फ लागेका छन् भने बाँकी मलेसियाबाट फर्किएका हुन् ।
अलपत्र परेका नेपाली नागरिकलाई हिमालयन एयरलायन्स, नेपाल एयरलायन्स र मलेसियन एयरलायन्सले एयरलायन्सले सहयोग गरेका थिए । मलेसिया ट्रान्जिट भएर यात्रा गर्ने यात्रुलाई पछिल्लो समय परिवर्तन भएको नियमको जानकारी लिएर मात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया