प्रदेश १ का मुख्यमन्त्री राईविरुध्द अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल-माधवकुमार समूहका ३७ सांसद्ले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । ९३ सांसद रहेको १ नम्बर प्रदेशमा दाहाल-नेपाल पक्षसँग ४० बढी सांसद् छन् । कतिपय दाहाल-नेपालका सांसद्हरु हस्ताक्षर गर्न छुटेको बताएका छन् । अब मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।
आजै बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका थिए ।
'वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेकाले राजीनामा दिएका छौँ' उनीहरुले पत्रमा लेखेका छन् ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया