शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

राप्रपाको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।  आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि मतदान ढिला गरि सुरु भएको हो । 

 निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेद्‌वारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए । 

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेद्‌वारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेद्‌वारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए ।